खटिक हत्याका तीन अभियुक्त सार्वजनिक

खटिक हत्याका तीन अभियुक्त सार्वजनिक


बर्दियामा बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकामा हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका–३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षीय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षीय शालिकराम खटिक र २५ वर्षीय राजेन्द्र खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतकी श्रीमती समरीरीले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ । हत्याका मुख्य आरोपी भारतीय नागरिक भएको इलाका प्रहरी कायालयले जनाएको छ । ३२ र ३३ वर्षीय दुई जना पेशेवार अपराधीको प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले अर्को देशमा भएको कारणले सार्वजनिक नगरेको र अन्तरदेशीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरिने जानकारी दिए । पशु व्यापार गर्दै आएका खटिकलाई पुरानो रिसइबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तस्बिर रासस