राप्तीनदीमा डुबेर युवतीको मृत्यु

राप्तीनदीमा डुबेर युवतीको मृत्यु


दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको छ ।

लमही नगरपालिका-७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् ।