डडेल्धुराको रडुवा खोलामा बस दुर्घटना, १६ जनाको मृत्यु

डडेल्धुराको रडुवा खोलामा बस दुर्घटना, १६ जनाको मृत्यु


बिहीबार डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको से १ क २९३ नम्बरको बस डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा खस्दा १० जनाको घटनास्थलमै र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस डोटीको शिखर नगरपालिका १० स्थित पिसजोन विद्या निकेतनको हो ।