दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु

दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु


शुक्रबार बिहान मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्छालेकमा दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार बसमा सवार अन्य १९ जना घाइते भएका छन् । दुर्घटना बिहान साढे तिन बजेतिर भएको हो ।

दुर्घटनामा परी ५५ वर्षीय अनील पाल र अर्का एक नाम नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन् । मृतक पाल भारतीय नागरिक हुन् । घाइते र मृतकको उद्धारका लागि सशस्त्र प्रहरी र सेनाको टोली खटिएको डीएसपी नवराज अधिकारीले जनाकारी दिए । उनका अनुसार घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

घाइतेमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ ।