नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात


नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई आज (शुक्रबार) बिहान हृदयाघात भएको छ । उनलाई घरमै रहेका बेला करिब ९ बजेतिर हृदयाघात भएको बताइएको छ ।

अहिले उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रको सघन उपचार कक्ष (सीसीयू)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनको मुटुको एउटा भल्भ बन्द भएपछि उनलाई हृदयाघात भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेर सो भल्भ खोलिएकोले अहिले काफ्ले खतरामुक्त रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।

बिरामी काफ्लेलाई भेट्न अहिले कांग्रेस नेता–कार्यकर्ता र नेविसंघका नेताहरूको अस्पतालमा बाक्लो उपस्थिति रहेको छ । काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।