गजल-ढाका थापा

गजल-ढाका थापा


कामना छ देश निकास, लौ पाओस् है अब भने
समयले शान्ति धून, बजाओस् है अब भने !

मिलाप रहोस् सर्वजनमा, समायोजन सहमति
सर्वमान्य संविधान, त्यो आवोस् है अब भने

जातजाति, दल अनि ठाउँ, भाषी मिलून अब
अविश्वासको कालो बादल, हराओस् है अब भने ।

सम्प्रभुता अखण्डता यो राष्ट्रिय एकतालाई
अक्षुण्ण राख्दै सङ्कटबाट, बचाओस् है अब भने

तराई, पहाड, गाउँ, सहरमा विकास घाम लागून अब
निर्भयसाथ दिल हाम्रो, मुस्कुराओस् अब भने ।