१५ अंकले घटेपछि ११६६ बिन्दुमा नेप्से

१५ अंकले घटेपछि ११६६ बिन्दुमा नेप्से


धितोपत्र बजारमा आज सेयरको मूल्यमा उच्च अंकले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अंकले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ बिन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत तीन दशमलव शून्य आठ बिन्दुले घटेर २४७ दशमलव ९८ बिन्दुमा झरेको छ ।

स्टकका अनुसार कुल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता सेयर रु. २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबार भएका कुल दश उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । बैंकिङ १२ दशमलव ६४, होटेल २८ दशमलव ८७, विकास बैंक ६ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बिमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बिमा ४४ दशमलव ४० अंकले घटेका छन् ।