टीआईए कप १३औँ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि एलआरआई र निम्सले जितेका छन् । सिनियर छात्रको फाइनलमा एलआरआईले भ्याली पब्लिकलाई ४१–३६ को स्कोरमा हराउँदै च्याम्पियन बनेको हो । एलआरआईको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेका लुजन महर्जनले सर्वाधिक २० स्कोर गरेका थिए ।
सिनियर छात्राको उपाधि भिडन्तमा पनि भ्याली पब्लिक चुक्यो । डोल्मा तामाङको महत्वपूर्ण १७ स्कोरको मद्दतमा निम्सले भ्याली पब्लिकलाई ३५–२९ को स्कोरमा पराजित गर्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी सञ्चिता बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । ग्रिनल्याण्ड स्कुलका राजीव आलेमगरले प्रतिभावान खेलाडीको उपाधि जिते । प्रतियोगितामा अनुशासितका साथ खेल प्रदर्शन गरेका छात्रातर्फ नेसनल युनाइटेड र छात्रतर्फ कान्तिपुर इ. स्कुलले अनुशासित टिमको उपाधि जितेका थिए ।
मंसिर ३ देखि शुरु भएको प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई आयोजक स्कुलका फाउन्डर डा. टुङग्राम ग्याल्टुल रिन्पोचे, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, आयोजक स्कुलका प्रिन्सिपल उत्तमराज थापालगायतले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया