गैरकानुनी चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेकी योग तथा प्राकृतिक चिकित्सक डा. चेतना साधारण तारिखमा रिहा भएकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही असार ९ गते उनलाई नियन्त्रणमा लिएको थियो । सोमबार (१५ असार) उनी रिहा भएकी हुन् ।
जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि उनलाई गम्भीर अपराध नभएको भन्दै साधारण तारिखमा छाड्न आदेश दिइएको हो । बताइएअनुसार डा. चेतनाले सम्बन्धित निकायमा दर्ता भएरै अस्पताल र उपचार प्रक्रिया सञ्चालन गरेको पाइएको छ ।
मुद्दाअनुसारको पर्याप्त प्रमाण नपुगेकाले अदालतले साधारण तारिखमा छाडेको र यसले मुद्दा डाक्टरकै पक्षमा बलियो रहेको संकेत गर्ने डा. चेतनाका अधिवक्ता आमितेष पण्डितको भनाइ छ । साधारण तारिखमा रिहा भएपनि इलाज सम्बन्धी कसुरको मुद्दा भएकाले अदालती प्रक्रियाचाहिँ केही समय जारी रहने जनाइएको छ।
प्रतिक्रिया