प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली भारतको देहरादुन प्रस्थान गरेको छ ।
मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द थापा, सोमबहादुर सुनुवार, दीपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेसा गोबर्धन र रञ्जना धामीले सहभागिता जनाउने छन् ।
टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सञ्जीव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले बिदाइ गरेका थिए ।
यो प्रतियोगिता खेलाडीका लागि आगामी दिनमा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्न राम्रो अवसर सावित हुने तेक्वान्दो संघले जनाएको छ ।
प्रतिक्रिया