अन्तर्राष्ट्रिय करातेमा च्याम्पियनमा नेपाली टोली

अन्तर्राष्ट्रिय करातेमा च्याम्पियनमा नेपाली टोली


सामुदायिक विद्यालय भीमसेनगोलामा अध्ययनरत ९ कराते खेलाडीसहित १४ सदस्यीय नेपाली टोली दोस्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन मंसिर १२ गते बुधबार भारतको पुना प्रस्थान गरेको छ ।

नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने प्रतियोगितामा अनिल रोका राई, करण चौधरी, नवीन थापा मगर, रिकेश भण्डारी दर्जी, कञ्चन नेपाली, महिमा राई, सोनु गुरुङ, सिमोन्सा श्रेष्ठ र इरफान वोस्तले प्रतिस्पर्धा गर्नेछन् ।

टिम प्रशिक्षकमा १०औँ सागका स्वर्ण विजेता कुशल श्रेष्ठ, व्यवस्थापकमा राजेश जोशी, निर्णायकमा तारा गुरुङ र अफिसियलमा तुलसीकुमार महर्जन रहेका छन् । टोलीलाई नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, देउराली क्लबका अध्यक्ष अर्जुन राणा, उपाध्यक्ष लीलेश्वर प्रधान र भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राईले बिदाइ गरेका थिए । कार्यक्रममा देउराली क्लबले प्रायोजन गरेको ट्रयाकसुट पनि वितरण गरिएको थियो ।