मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनकुटामा सञ्चालन भएको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ । मंसिर ११ गते मंगलबार भएको खेलबाट सफलता हात पार्दै भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । मंसिर १२ गते बुधबारको सेमिफाइनलमा भोजपुरले झापा तथा सुनसरीले ओखलढुंगासँग प्रतिस्पर्धा गर्नेछन् ।
घनकुटाको टँुडिखेलमा भएको पहिलो क्वार्टरफाइनल खेलमा भोजपुरले संखुवासभालाई २५—२३, २३—२५, २५—१८ र २५—१८ को सेटमा पराजित गर्दा सुनसरीले खोटाङलाई २५—१६, २५—२१ र २५—२० को सोझो सेटमा स्तब्ध बनायो । त्यस्तै ओखलढुंगाले तेह्रथुमलाई २५—१५, २६—२४ र २५—१३ को सोझो सेटमा हराउँदा झापाले ताप्लेजुङलाई २२—२५, २५—१५, २५—१७ र २५—१६ को सेटमा हरायो ।
मंसिर १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ५१ हजार एक सय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटा टिमको सहभागिता छ ।
प्रतिक्रिया