नवौँ लसभेगास ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिपमा सञ्जीव नेपालीले स्वर्ण पदक जितेका छन् । १७ नोभेम्बरमा वेष्ट गेट होटेलमा भएको सो प्रतियोगितामा उनले ३१ देखि ४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेतर्फ स्वर्ण पदक जितेका हुन् ।
सञ्जीवको प्रशिक्षक अमरराज लामा रहेका थिए । सञ्जीवले स्वर्ण पदक जितेपछि खुसी हुँदै लामाले भने, ‘मिहिनतको फल मीठो हुँदोरहेछ, त्यो प्राप्त भयो ।’ सञ्जीवले यसअघि पनि विभिन्न प्रतियोगितामा पदक जित्दै आएका छन् ।
प्रतिक्रिया