दार्जिलिङमा जिते प्रणवले स्वर्ण

दार्जिलिङमा जिते प्रणवले स्वर्ण


नेपालका प्रणव खनालले तेन्जिङ नोर्गे स्मृति लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्स उपाधि जितेका छन् ।

भारतको दार्जिलिङस्थित जिमखाना क्लबमा भएको फाइनलमा प्रणवले नेपालकै कमल भण्डारीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेर स्वर्ण पदक जितेका हुन् । पुरुष सिंगल्समा नेपालसहित भारत र भुटानका २४ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल टेनिस संघका सदस्य ज्ञानेन्द्र खनालले जनाएका छन् ।