जलेर बालिकाको मृत्यु

जलेर बालिकाको मृत्यु


मोरङको बेलबारी नगरपालिका–७ बाहुनीमा आगोले जलेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ नवलकिशोर चौधरीकी तीन वर्षीया छोरी निकिता खेल्ने क्रममा घरमा बालेको टुकी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।