विहीबारदेखि कम्बोडिया र नेपालबीच हवाई सम्बन्ध सुरु भएको छ । दुई देशबीच हवाई सम्झौतामा हस्ताक्षर भएसँगै हवाई सम्बन्ध सुरु भएको हो ।
काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इन्चार्ज अफ द स्टेट सेक्रेटेरिएट अफ सिभिल एभिएसन माओ हाभनन्लले हस्ताक्षर गरेका छन् । दुई देशबीच भएको सम्झौताअनुसार नेपालका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ र निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ ।
यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया