प्रथम हिमालय कप बास्केटबल शनिबारदेखि

प्रथम हिमालय कप बास्केटबल शनिबारदेखि


हिमालय इंग्लिस बोर्डिङ हायर सेकेन्डरी स्कुलको आयोजनामा प्रथम हिमालय कप बास्केटबल प्रतियोगिता मंसिर १५ गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा प्लस टु छात्रतर्फ १६ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान ८–८ गरी ३२ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू कोटेश्वरस्थित आयोजककै कोर्टमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । फाइनल मंसिर २३ गते हुनेछ ।