शहिद ए डिभिजन लिग : आज तीन खेल हुने

शहिद ए डिभिजन लिग : आज तीन खेल हुने


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने बताईको हो । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आजै ११ बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा नै फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । उता, हलचोकस्थित एपीएफको खेल मैदानमा आज २ बजेर ३० मिनेटमा ब्रिगेड ब्वाइज क्लबले जवलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।