एन्जल्स हर्ट र भ्याली पब्लिक च्याम्पियन

एन्जल्स हर्ट र भ्याली पब्लिक च्याम्पियन


एन्जल्स हर्ट र भ्याली पब्लिकले ११औँ ओडीसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एन्जल्स हर्ट जुनियर छात्र तथा भ्याली पब्लिक सिनियर छात्राको थ्री बाई थ्रीमा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक ओडीसीको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा एन्जल्स हर्टले ईबीएलाई २१–१७ ले पराजित गरेको थियो । एन्जल्स हर्टको जितमा ओसिस केसीले ७ अंक योगदान गरेका थिए । सिनियर छात्राको उपाधि भिडन्तमा अस्मिता थापाको ६ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ११–७ ले पराजित गरेको थियो ।

छात्रमा एन्जल्स हर्टका सागर परियार तथा छात्रामा भ्याली पब्लिककी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई प्रदेश सांसद दीपक निरौला, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओडीसीका प्रिन्सिपल नारायण रोकालगायतले पुरस्कृत गरेका थिए । मंसिर ८ गतेदेखि सुरु प्रतियोगिताको छात्रमा २४ तथा छात्रामा १६ टिम सहभागी थिए ।