अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ११ स्वर्ण

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ११ स्वर्ण


दोस्रो जेकेएनएसके अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिप तथा टेक्निकल सेमिनार भारतको पुणे शहरको शिव छत्रपति स्टेडियममा सम्पन्न भएको छ ।

उक्त च्याम्पियनसिपमा देउराली क्लबबाट खेलेका भीमसेनगोला माध्यमिक विद्यालयका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । ती खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा ११ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जितेका छन् ।

जसमा अनिल रोक्का २ स्वर्ण, राहुल राई २ स्वर्ण, महिमा राई २ स्वर्ण, इरफान वोस्ता २ स्वर्ण, करण चौधरी १ स्वर्ण १ रजत, नवीन थापामगर १ स्वर्ण १ रजत, रिकेश परियार १ स्वर्ण र १ कांस्य जितेका थिए । त्यस्तै, सोनु गुरुङले २ रजत, सिमोन्सा श्रेष्ठले १ रजत १ कांस्य र कञ्चन नेपालीले १ कांस्य जितेका छन् ।

३ दिनसम्म चलेको उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलंका, इंग्ल्यान्ड, जापान, मलेसियालगायत आठ राष्ट्रको सहभागिता रहेको थियो ।