पारा राष्ट्रिय च्याम्पियनसिप शुरु

पारा राष्ट्रिय च्याम्पियनसिप शुरु


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप मंसिर १७ गते सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्यसचिव मीनकुमार शर्माले जनाएका छन् । एक महिनाको अवधिमा सम्बन्धित खेल संघले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ ।

प्रतियोगितामा १ हजार १ सय खेलाडीको सहभागिता रहने सदस्यसचिव शर्माले जानकारी गराए । करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।