बास्केटबलमा सीसीआरसी र साइपाल च्याम्पियन

बास्केटबलमा सीसीआरसी र साइपाल च्याम्पियन


सीसीआरसी र साइपालले तेस्रो रोजबर्ड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सीसीआरसी छात्र तथा साइपाल छात्रामा च्याम्पियन भएका हुन् ।

बुद्धनगरस्थित आयोजक रोजबर्डको कोर्टमा भएको छात्र फाइनलमा सीसीआरसीले मोर्गनलाई ६१–४५ ले पराजित गरेको थियो । सीसीआरसीको तर्फबाट प्रवेश तामाङले १४ अंक जोडेका थिए ।

छात्राको उपाधि भिडन्तमा साइपालले जेभियर इन्टरनेसनललाई ५१–३८ अन्तरले पराजित गरेको थियो । साइपालकी रोशनी श्रेष्ठले १६ अंक जोडेकी थिइन् । छात्रमा सीसीआरसीका अनमोल खत्री तथा छात्रामा साइपालकी प्रतीक्षा मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।