भीमेश्वर एकेडेमीको आयोजनामा प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिता मंसिर २७ गते बिहीबारदेखि शुरु हुने भएको छ ।
प्रतियोगितामा छात्रतर्फ २४ र छात्रामा १६ गरी जम्मा ४० टिमको सहभागिता रहने भीमेश्वरका प्रिन्सिपल अमृतकुमार खड्काले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेल काँडाघारीस्थित आयोजककै हातामा हुनेछन् ।
प्रतिक्रिया