प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद– २०७५ को जिल्ला छनोट प्रतियोगिता ७७ मध्ये ७० जिल्लामा सम्पन्न भएको छ ।
सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार तेक्वान्दोको छनोट भने अधिकांश जिल्लामा बाँकी रहेको छ । तेक्वान्दो खेलमा देखिएको विवादले गर्दा जिल्ला छनोट हुन नसकेको हो । वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद परिषदमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ– नेपाल दर्तामा रहेका छन् ।
प्रतिक्रिया