‘राष्ट्रिय उद्यमशील महिला मेला’ को आयोजना

‘राष्ट्रिय उद्यमशील महिला मेला’ को आयोजना


नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने महासंघकी अध्यक्ष देविका बुढाथोकीले बताईन । उनले भनिन्,‘उक्त मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहनेछ, स्थानीय स्तरमा रहेर उत्पादन क्षेत्रमा क्रियाशील रहेका महिलाहरुको सहभागितामा सम्पन्न हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ, केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग थियो, हामीले त्यो सामान उपलब्ध गराउन सकेनौं, भनेजति साम्रगी उपलब्ध गराउन नसकेको स्थितिमा स्थानीय स्रोत साधानको प्रयोग गरि निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीहरुको बजार विस्तार गर्ने र उक्त मेलामा चीनमा अपुग भएका सामग्रीहरु संकलन गरि परिपुर्ति गर्ने लक्ष्य लिएका छौं ।’

अध्यक्ष बुढाथोकीले भनिन्,‘हामीले ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कालाई यस कार्यक्रममा साथ दिन अनुरोध गरेका छौं, यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ बृहत रुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एकपटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’

कार्यक्रममा महासंघकी वरिष्ठ उपाध्यक्ष विना तामाङ, महासचिव राधा कार्की, सदस्यहरु पार्वता कुमारी गौतम, बविना श्रेष्ठ, जिल्ला अध्यक्ष यशोदा कायस्थ, सदस्य मीना घिमिरे लगायतको उपस्थिति रहेको थियो ।