त्रिज्योति माविको आयोजनामा त्रिज्योति कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २२ ब्वाइज टिमको सहभागिता रहने त्रिज्योतिका मानार्थ प्राचार्य भगवान अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
सिक्स ए साइडको स्वरूपमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने त्रिज्योतिका भाइस प्रिन्सिपल गणेशकुमार मिश्रले जानकारी दिए । प्रतियोगिताका खेलहरू कपनको फैकास्थित आयोजककै हातामा हुनेछ । त्रिज्योति २५औँ वर्ष प्रवेशको अवसरमा हुन लागेको प्रतियोगिताको फाइनल पुस ५ गते हुनेछ ।
प्रतिक्रिया