सेयरमा आज कसले कमाए, कसले गुमाए ?

सेयरमा आज कसले कमाए, कसले गुमाए ?


धितोपत्र बजारमा साताको अन्तिम कारोबारको दिन आज सेयरको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक सात दशमलव ६ बिन्दुले बढेर एक हजार १ सय ४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २ सय ४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कुल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता सेयर रु. ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको सेयर घटेका छन् भने सात उपसमूहको सेयर कारोबारमा वृद्धि भएको छ । होटेल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ ।

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बिमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बिमा ३० दशमलव २७ बिन्दुले बढेको छ । नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका सेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।