तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । विहिबार रु ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

गत बुधबार प्रतितोला ५९ हजार ८०० मा सुन कारोबार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ ।

महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर प्रतितोला रु ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

यस्तै, बुधबार प्रतितोला रु ७३० मा कारोवार भएको चाँदी विहिबार पाँचले बढी रु ७३५ मा कारोवार भएको छ ।