भाग्य र भविष्य जान्न ‘समय-चक्र’ स्तम्भ

भाग्य र भविष्य जान्न ‘समय-चक्र’ स्तम्भ


अनन्त श्री विभुषित, विश्व शान्तिदूत राजगुरू तथा जगतगुरू वीरेन्द्र परमहंश ज्योतिषाचार्यले यस घटना र विचार डट कमका निम्ति ज्योतिष विज्ञानसम्बन्धी विषयमा केन्द्रित भई लेखन शुरु गर्ने भएका छन् ।

उनले जन्मकुण्डली, हस्तरेखा, वास्तु, तन्त्रलगायत सामुन्द्रिक शास्त्रअन्तर्गतका सबै विषयमा कलम चलाउने छन् ।

योग, वास्तु र तन्त्रमन्त्रका समेत ज्ञाता जगतगुरु वीरेन्द्र विगत २० वर्षदेखि साधनारत छन् । नेपाल संस्कृत विश्वविद्यालय र भारतको कामेश्वर सिंह संस्कृत विश्वविद्यालयबाट सिद्धान्त ज्योतिष तथा फलित ज्योतिषमा आचार्य गरेका उनले ‘समयचक्र’ नामक स्तम्भमार्फत् मानिसको भाग्य र भविष्यबारे जानकारी गराउने छन् ।

साथै, ग्रहगोचर, ब्रह्माण्डको अवस्थिति, राष्ट्र एवम् संसारप्रति ग्रहको प्रभावादि एवम् मानिसका अङ्गहरूको आधारमा लक्षण बताउने कार्य पनि स्तम्भमार्फत् उनले गर्नेछन् । समयचक्र स्तम्भ भोलि मङ्सिर २९ गते शनिबारदेखि प्रारम्भ हुनेछ ।