जिल्ला न्यायाधिवक्ता निरौलाविरुद्ध मुद्दा दायर

जिल्ला न्यायाधिवक्ता निरौलाविरुद्ध मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई सात हजार रुपैयाँ घुस लिँदालिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो ।

सेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।