माओवादीको खबरदारी जुलुस

माओवादीको खबरदारी जुलुस


नेकपा माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको खबरदारी सभाभन्दा अघि खबरदारी जुलुस गरेको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस गरिएको हो ।

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुने जनाइएको छ । सभालाई अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन र खबरदारी सभा आयोजना गरेको हो ।