मेलम्चीका आँखा-रामेश्वर राउत मातृदास

मेलम्चीका आँखा-रामेश्वर राउत मातृदास


पोल्टाका चराहरू
घामका झुल्का रत्यौली खेल्छन्
र, भोका बाँदरको नाङ्गो घर
ताजमहलकी प्रेमिका चुम्बन मुस्कुराउँछिन् ।

यी गुलावी गालाहरू
र, एकराते दहीको सात हर्पे घ्यू
हलगोरु नारेको बाँझो खेत
चराका मनमोहक चिरबिराहट
र, मेघमल्हारमा मनकै सौर्न्दर्यपूर्ण नाच
एउटा होनहार कविले
जिन्दगी अनन्त सपना बुनेर गए ।

आङमा सिङ उमे्रका स्यालहरू
बैंकको नाङ्लो र कीलाको साङ्लो
आफ्नै घाँटीमा सुर्केनी सिउरेर
पराधीन पाइला हाँसिरहेका छन् निर्लज्जहरू !

बागमतीको हृदयमा उजाड लाज
बाँदरहरूले लगातार इज्जत च्यातिरहे
हिमालको चुचुरो,
इन्द्रावतीले अँगालो हालिन्
र, मेलम्चीका आँखा
बगिरहेका छन् प्यास बोकेर !
पोल्टाका चराहरू
रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती