नुवाकोटमा मिनी ट्रक दुर्घटना

नुवाकोटमा मिनी ट्रक दुर्घटना


नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । बताइएअनुसार गाडीमा ४० जना यात्रु थिए । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको छ ।