आज (शनिबार, २९ मंसिर, ०७५) को राशिफल

आज (शनिबार, २९ मंसिर, ०७५) को राशिफल


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि : समय लाभदायक र उन्नतिकारक छ। रोकिएको धन मिल्नेछ।कार्यमा सफलता मिल्ला ।

बृष राशि : यश वर्चश्व बढ्ला । मनोकुलको काम बन्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

मिथुन राशि : यात्रा होला । भाग्यबर्द्धक काम बन्नेछ। धर्म कर्ममा रुचि बढ्नेछ।

कर्कट राशि : शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहनेछ । नियमकानूनलाई विशेष ध्यान राख्नु कल्याणकारी हुनेछ ।

सिंह राशि : सुख समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको काम बन्नेछ ।

कन्या राशि : आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।

तुला राशि : प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । शैक्षिक र बौद्धिक काममा सफलता प्राप्त हुनेछ ।

वृश्चिक राशि : अनावश्यक खर्च हुनेछ । अनावश्यक यात्रा होला । विवाद आदिमा नपरेमा उचित हुनेछ ।

धनु राशि : विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्ला ।

मकर राशि : धन मान बढ्नेछ । सुख-शान्तिमा वृद्धि हुनेछ । गौरव बढ्ला ।

कुम्भ राशि : शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । सुख समृद्धि बढ्ला।

मीन राशि : खर्च बढेको लाग्ला । भागदौड रहनेछ । विलासमा रुचि रहला। योजनानुसार कार्य गर्नु उचित हुनेछ।