थापाद्वारा एक लाखको खेल सामग्री सहयोग

थापाद्वारा एक लाखको खेल सामग्री सहयोग


पूर्वफुटबल खेलाडी तथा वेस्ट काठमाडौं क्लबका अध्यक्ष सुन्दर थापा र उनका बुबा वासुदेव थापाले नैकापको एक विद्यालयलाई फुटबल सामग्री सहयोग गरेका छन् । थापाले पुरानो नैकापको विद्या मन्दिर माविलाई एक लाख रुपैयाँबराबरको खेल सामग्री र खेल पोसाक उपलब्ध गराएका हुन् ।

हालै आयोजित एक कार्यक्रममा विद्या मन्दिर माविका प्रधानाध्यापक माधवप्रसाद गौतमलाई पूर्वखेलाडी थापाले सामग्री हस्तान्तरण गरेका थिए । खेल सामग्री हस्तान्तरण गर्दै पूर्वखेलाडी थापाले आफूले अध्ययन गरेको विद्यालयका लागि केही गरौँ भन्ने भावनाले खेलकुद सामग्री उपलब्ध गराएको बताए । खेलकुद सामग्री बुझ्दै प्रधानाध्यापक गौतमले अतिरिक्त कार्यक्रम सञ्चालनका लागि सामग्री उपयोगी हुने बताए ।