शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता

शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता


भूटानी शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता आजदेखि शुरु भएको छ ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १५५ खेलाडी सहभागी छन् । विभिन्न १३ तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । आजको खेलमा भूटानले १३, नेपालले १० र भारतले एउटा स्वर्ण पदक जितेको छ ।

प्रतियोगितामा विश्व कराँते फेडरेशन, एशियाली कराँते फेडरेशन, नेपाल कराँते फेडरेशनका वरिष्ठ प्रशिक्षक र निर्णायक सहभागी रहेको प्रशिक्षक डम्बर मुखियाले जानकारी दिए ।