बङ्गलादेश स्वतन्त्रता दिवस

बङ्गलादेश स्वतन्त्रता दिवस


सांस्कृतिक समारोहका साथ बङ्गलादेश स्वतन्त्रता दिवस मनाइएको छ ।

बङ्गलादेश राजदूतावासले आयोजना गरेको कार्यक्रममा बङ्गलादेशको कला, संस्कृति र पहिचान झल्कने विविध नृत्य प्रस्तुत गरिएको थियो । तत्कालीन अवस्थामा बङ्गलादेश स्वतन्त्रता हुनुअघिको पीडादायी अवस्था र बद्लिँदो परिस्थितलाई कलाकारले आफ्नो प्रस्तुतिमा समेटेका थिए । उक्त समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, पूर्वसांसद, उद्योगपति, व्यापारी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालबाट प्राप्त सदभाव र सहयोगको प्रशंसा गर्नुभयो । उनले दुवै देशबीच रहँदै आएको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र सबल तुल्याउन आफू लागिपरेको बताए ।