अलगअलग घटनामा सर्लाहीमा दुईको मृत्यु

अलगअलग घटनामा सर्लाहीमा दुईको मृत्यु


सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काम गर्ने बेलामा माथिबाट लडेर एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजनालाई ट््याक्टरले ठक्कर दिँदा ज्यान गएको हो ।

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोलनिवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाका लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सीतामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोलनिवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ । मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच ट््याक्टरले ठक्कर दिँदा बरहथवामा एक वृद्धको ज्यान गएको छ । ना.६त ९८४५ नम्बरको ट््याक्टरले बरहथवा नगरपालिका–९ बस्ने ८२ वर्षीय हर्कबहादुर सार्कीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट््याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।