हिमालयले तेस्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो सफलता हात पारेको छ । फिजमद्वारा आयोजित प्रतियोगिताको छात्र तथा छात्रामा हिमालयले सफलता हासिल गरेको हो । हिमालयले ग्लोबललाई २६–४ ले पराजित गर्दा हिमालयका जोन सुनवारले १८ अंक जोडेका थिए । त्यस्तै छात्रामा हिमालयले नेक्ससलाई १७–२ ले पराजित गर्दा हिमालयकी स्नेहा खड्काले ४ अंक जोडेकी थिइन् ।
छात्रमा भीमेश्वर एकेडेमीले अन्नपूर्णलाई १८–८, नेक्ससले एम्सलाई १६–६, स्वर्णिम ताराले न्यू भिजनलाई २३–१५ र ग्रामरले लाइसियमलाई ३४–१७ ले निराश पारेका थिए । भीमेश्वरका रितेश तामाङले ९, नेक्ससका एलिश थापाले ५, स्वर्णिमका भरत थापाले ९ र ग्रामरका विश्वास राईले १७ स्कोर गरे ।
कोटेश्वरस्थित ग्रामरमा भइरहेको प्रतियोगिताअन्तर्गत छात्राको अर्को खेलमा लाइसियमले बेस्ट ग्रुपलाई १६–८ ले पन्छायो । लाइसियमकी आयुष्माले १० अंक जोडिन् ।
प्रतिक्रिया