आरुणी मावि दोस्रो एन प्याब्सन स्पोर्टस् मिटअन्तर्गत टेबलटेनिसमा टिम च्याम्पियन बनेको छ । नेसनल प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आरुणी १६ अंक साथ टिम च्याम्पियन बनेको हो । ५ अंकका साथ ग्रिनफिल्ड दोस्रो तथा ४ अंक साथ दिव्यज्ञान तेस्रो भए ।
टेबलटेनिसमा समावेश ४ सिंगल्स स्पर्धामा आरुणीले ३ स्वर्ण जित्यो । सिनियरको छात्रमा क्षितिज खरेल र छात्रामा दीपिका लामिछाने तथा जुनियर ब्वाइजमा प्रशान्त थापाले आरुणीलाई स्वर्ण दिलाए । जुनियर छात्रामा दिव्यज्ञानकी रेबिका कुरेल पहिलो भइन् । बालाजुको माछापोखरीस्थित आरुणी माविमा भएको टेबलटेनिसमा विभिन्न २१ विद्यालयका १ सय ४ प्रतिस्पर्धी सहभागी थिए ।
टुँडिखेलमा भएको छात्र क्रिकेटमा भीमेश्वर एकेडेमीले विजयी शुरुवात गरेको छ । १० ओभरको प्रतिस्पर्धामा भीमेश्वरले ग्रिनफिल्डलाई ८ विकेटले पराजित गरेको हो ।
प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उदघाटन गरे । पुस ९ गतेसम्म चल्ने स्पोर्टस् मिटमा टेबलटेनिस र क्रिकेटबाहेक छात्र बास्केटबल र फुटसल समावेश छन् ।
प्रतिक्रिया