एटीयूद्वारा २२ जनालाई विभिन्न कमिटीमा जिम्मेवारी

एटीयूद्वारा २२ जनालाई विभिन्न कमिटीमा जिम्मेवारी


एसियाली तेक्वान्दो युनियन (एटीयू) को स्थायी कमिटीले नेपालमा २२ जनालाई विभिन्न कमिटीको जिम्मेवारी दिएको छ ।

कमिटीअन्तर्गत एडभाइजरीमा सञ्जीव रेग्मी, एजुकेसनमा भोजबहादुर शाह, इथिक्समा हरिश्वर पोखरेल, जुरिडिकलमा नन्दकुमार राई, लिडर्समा दिलबहादुर बोली, मार्केटिङमा भानबहादुर चन्द, कोलेगियटमा भरत महर्जन, एन्टी डोपिङ तथा मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, पाराओलम्पिक्समा कासिममिया धोबी, ग्योरोगीमा नवीनकुमार श्रेष्ठ, एथलेटिक्समा दीपक विष्ट, फाइनान्समा सुमनकुमार घले, युथमा टीकाप्रसाद लिम्बू, डेभलपमेन्टमा श्याम डंगोल, क्याडेटमा हेमन्त डाँगी रहेका छन् ।

त्यस्तै, कोचेसमा श्रीमान थापामगर, टेक्निकलमा नोर्बु लामा, गेम्समा बद्रीप्रसाद घिमिरे, सस्टेनेबिलिटीमा संगीना वैद्य, मिडियामा हीराबहादुर थापा, पुम्सेमा कविराज खड्गी र वुमन इन तेक्वान्दोमा नन्दा बस्यालले जिम्मेवारी पाएको नेपाल तेक्वान्दो संघका सचिव एवं प्रवक्ता दीपक विष्टले जनाएका छन् । तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले एटीयूबाट प्राप्त पत्र सम्बन्धितलाई पुस ३ गते मंगलबार एक कार्यक्रमबीच सातदोबाटोमा हस्तान्तरण गरेका थिए ।