भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने चासो व्यक्त गरेका छन् ।
भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले त्यहाँका लगानीकर्तासँग गरेको भेटमा उनीहरुले नेपालमा जविद्युत क्षेत्रमा प्रचूर सम्भावना रहेकाले ठूला जविद्युत परियोजना निर्माण गर्ने चासो व्यक्त गरेको चेम्बरले जनाएको छ ।
प्रतिनिधिमण्डल र भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामलासम्बन्धी प्रमुख माइ अन्ह थाइबीच भएको भेटमा समेत पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदानलगायत विषयमा छलफल भएको थियो ।
सो क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम सम्बन्ध र दुइ–पक्षीय व्यापारको विषयमा धारणा राखेका थिए । नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न भन्दै चेम्बर प्रतिनिधिमण्डल साताव्यापी थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको छ ।
प्रतिक्रिया