यसकारण घटाए बैंकहरुले ब्याजदर

यसकारण घटाए बैंकहरुले ब्याजदर


गभर्नर चिरञ्जीवी नेपालले बैंकर्सहरुलाई निर्देशन दिएपछि शुक्रबार अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यसअघि १३ प्रतिशत भन्दा बढि रहेको ब्याजदर अहिले १० प्रतिशत भन्दा तल झारिएको छ ।

निक्षेप तानातानको स्थिति र कर्जा पूँजी निक्षेप अनुपात सिसिडी रेसियो व्यवस्थापन गर्न नसक्दा ब्याजदर बढाएका बैंकहरुले राष्ट्र बैंकको निर्देशन पछि ब्याजदरमा भद्र सहमति गरेका छन् । योसंगै शुक्रबार अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । संस्थागत निक्षेपमा ८.५ प्रतिशत र व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर तेकेका छन् ।

त्यस्तै, विकास बैंकहरुको ब्याजदर पनि घटेको छ । विकास बैंकहरुले वाणिज्य बैंकको भन्दा आधा प्रतिशत मात्र माथि रहनेगरि ब्याजदर तोकेका छन् । विकास बैंकर्स संघको बैठकले एक वर्षे व्यक्तिगत निक्षेपमा ९ दशमलव सात पाँच प्रतिशत ब्याज दिने निर्णय गरेका छन् ।

संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशत तोकेका छन् । ब्याजदरमा उच्च बृद्धि भएपनि पूँजी बजारका लगानीकर्ता र उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बिग्रेको बताएका थिए । त्यस संगै अर्थमन्त्रालयले ब्याजदरका विषयमा चासो दिएपछि बैंकहरुमाथि ब्याजदर घटाउन दवाव परेको थियो ।