फन टाइम

फन टाइम


xolsvq39jsrzlovr‘पारिश्रमिकको सवालमा मै घाटामा’
आर्यन सिग्देल यतिबेलाका सर्वाधिक व्यस्त अभिनेता हुन् । चलचित्र क्षेत्रमा लागेर नाम र दाम दुवै कमाउन सफल आर्यन नायकहरूमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामा पनि पर्दछन् । विशेष गरेर नृत्य विधाका लागि कहलिएका उनी सानो पर्दामार्फत सिनेमा क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । प्रेम सम्बन्धबाट वैवाहिक सम्बन्धमा गाँसिएका आर्यनको प्रशंसा मर्यादित चरित्रका कारण पनि गर्ने गरिन्छ । यिनै नायकसँग गरिएको रोचक कुराकानी ः
० यहाँ पे्रम एउटासँग गरेर बिहे अर्कोसँग गर्ने कलाकारहरू प्रशस्तै छन्, तर तपाईंले बेग्लै आदर्श प्रस्तुत गर्नुभयो है ?
– अरूले के गरे वा के गर्लान् भन्ने कुरामा मैले कहिल्यै पनि ध्यान दिइनँ । म आफ्नो कार्यशैली र विशेषतालाई सकभर आत्मसात् गर्दै अघिबढ्ने केटो हुँ ।
० वैवाहिक जीवन कस्तो चल्दै छ त ?
– एकदम सुखमय, आनन्दमय ।
० आर्यन पारिश्रमिकको मामिलामा अलि कडा देखिए भन्छन् नि, किन होला ?
– मलाई त त्यस्तो लाग्दैन । म एउटा चलचित्रको छायाङ्कन नसकी अर्काे फिल्ममा हात हाल्दिनँ । भ्याइनभ्याई एकसाथ तीन–चारवटामा काम गरेर निर्मातालाई तनाव दिने काम मबाट हुँदैन । यो हिसाबले हेर्ने हो भने पारिश्रमिकको मामिलामा म उल्टै ठगिएको छु । अरूहरूले एक महिनामा तीनवटा फिल्ममा समय दिँदा जति पारिश्रमिक लिन्छन् म महिनामा त्यति पारिश्रमिक कहाँ पाउँछु र ? दुई वा तीन महिनाजति लागोस्, म एउटा फिल्मको काम नसकी अर्को फिल्ममा हातै हाल्दिनँ ।
० तपाईंको फिल्म क्षेत्रमा प्रवेश नाम कि दामका लागि ?
– दुवै हो, तर नामलाई महत्व दिइरहेको छु । दाम आउँछ भनेर जस्तो पायो त्यस्तो फिल्म र भूमिकामा म काम गर्दिनँ ।
० केटी फ्यान बढी भएको नायक हो तपार्इं । बिहे गरेपछि कत्तिको घटे त केटी फ्यान ?
– फ्यान भनेका भगवान् हुन् । उहाँहरूले मेरो कामलाई मन पराउनुभएको हो । अहिले पनि उत्तिकै मन पराउनुहुन्छ । घटेको होइन बरु बढेका छन् फ्यान ।
० बिहे गरेपछिका फाइदा… ?
– फाइदा नै फाइदा † मैले त घाटा देखेको छैन । जीवन सुचारु रूपले अगाडि बढ्दोरहेछ ।
० अब दुईबाट तीन कहिले नि ?
– त्यसबारे अहिले नै केही सोचेको छैन । त्यो पनि भइहाल्छ नि ।
० तपाईंको अनुभवमा विवाह चाँडो गर्दा राम्रो कि ढिलो ?
– त्यो त आ–आफ्नो सोचविचार र व्यवहारसँग जोडिने प्रश्न हो । मेरो विचारमा त विवाह चाँडै गर्दा नै राम्रो ।

रंग वैजनीको असफलताले कलाकार तनावमा
चलचित्र क्षेत्रमा अब पुरानो नाम, इज्जत र सम्मानले मात्र केही हुनेवाला छैन । काम वा कर्म गलत या खराब गर्ने अनि ‘म पुरानो मान्छे, सम्मानित मान्छे फिल्म हेर्न आइदिनुप-यो’ भनेर दश औँला जोडेर मात्र के हुन्छ ? अवश्य कुनै लाभ हुँदैन । आफ्ना खास सर्जकलाई काम गराउँदैमा या समयले कपाल फुलाउँदैमा पनि केही हुँदैन । हिजोकोलाई राम्रो सिर्जना दिएर आजकोले पनि ढाल्न सक्छ, पछार्न सक्छ ।
यसैको गतिलो उदाहरण बन्न पुगेका छन् निर्देशक शम्भु प्रधान । आफ्नो नातिसमानको निर्देशक नेत्र गुरुङसँग पुरानो कलाकर्मी शम्भु प्रधानले आफ्नो चलचित्र रंग वैजनी जुधाए । तर, परिणाम उनलाई हातमा लाग्यो शून्य भइदियो । हुन त नेत्रको चलचित्र नाइकेसँग फिल्म नजुधाउन प्रधानलाई अन्य चलचित्रकर्मीहरूले बारम्बार आग्रह पनि नगरेका होइनन्, तर म पुरानो मान्छेलाई नयाँले के गर्न सक्छ र भन्ने गलत सोच र मानसिकताले नै अन्ततः निर्देशक प्रधान खाडलमा फस्न पुगे । उनलाई सल्लाह दिने पनि गलत भइदिनाले यो मारमा परे निर्देशक शम्भु प्रधान । उनलाई के थाहा शम्भुलाई चिन्नेहरू अहिले छैनन् र नेत्र गुरुङ वा आर्यनका फ्यान बढी छन् भन्ने कुरा ? कुनै जमानामा निर्देशक शम्भु प्रधानले आफ्नी श्रीमती, छोरी अनि आफ्ना छोरालाई कलाकार बनाएर फिल्म बनाउँथे र दर्शक ठग्थे । तर, अहिलेका दर्शक त्यति मूर्ख छैनन् भन्ने कुरा नबुझ्नाले चलचित्र नाइकेसँग भिड्न आएको चलचित्र रंग वैजनीले पानी पनि पिउन पाएन । बाह्र वर्षपछि चलचित्र निर्माणमा फर्किएर नयाँ के–के नै गर्छु भन्ने प्रधानले भएको आफ्नो नाम र इज्जत पनि यो चलचित्रबाट गुमाए । अब उनी फेरि कति वर्षपछि फर्कने हुन् त्यो थाहा छैन ।
रंग वैजनीबाट निर्देशक प्रधानको दाम गयो होला तर अभिनेत्री गरिमा पन्तले झोलाबाट कमाएको साख, वजन र वाहवाहीलाई पनि असर पारेको छ । चलचित्र झोलाबाट अन्तर्राष्ट्रिय चर्चा र सम्मान पाएकी गरिमालाई रंग वैजनी खेलेकोमा यतिबेला पछुतो लाग्न थालेको छ । अहिले रेखा थापाले नखेलेको यो रोल गरिमाले पुराना निर्देशकको नामबाट खेलिन् तर परिणाम झुर आउनाका कारणले उनी यतिबेला टाउकोमा हात राख्न बाध्य भएकी छिन् । यसै सिनेमाकी अर्की नायिका सुमिना घिमिरेले त चलचित्र परिणामबारे पहिले नै जानकारी पाएपछि यो चलचित्रको कुनै पनि कार्यक्रममा सहभागिता नै जनाइनन् । यता यसै चलचित्रबाट डेब्यू गरेका मोडल दिक्पाल कार्की पनि खुसी छैनन् । पहिलो चलचित्र नै असफल भइदिँदा उनी पनि चिन्तित छन् आफ्नो करिअरप्रति ।
रंग वैजनीको असफलतासँगै निर्देशक शम्भु प्रधानलाई अहिले पनि पुरानो नाम, शान अनि रवाफले होइन दर्शकप्रिय चलचित्र बनाउनुपर्छ भन्ने कुराको चेतना भने हुन थालेको छ । बाह्र वर्षपछि खोला पनि फर्कन्छ भन्थे, तर खोला त फर्कियो सुक्खा नै फर्कियो । सुक्खा खोला के काम ?

funtimeकरिश्मा र रमेश सँगसँगै
कलाकारिता क्षेत्र यस्तो क्षेत्र हो कि वर्षौंसम्मको यो क्षेत्रबाट हराउँदा पनि अन्ततः यो क्षेत्रलाई माया मार्न वा त्याग्न सकिँदोरहनेछ । प्रसङ्ग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रमेश उपे्रतीको हो । दुवै लामो समयसम्म चलचित्र क्षेत्र छाडेर अमेरिका मासिए । केही दाम पनि कमाए । तर अहिले दुवै स्वदेशमा नै छन् । स्वदेशमा रहँदा अब उनीहरू सहकार्यमा पनि लाग्ने भएका छन् । चलचित्र अभिनय र निर्माणलाई एकसाथ अगाडि बढाउने दुवैजनाको योजना र सोचले चाँडै नै मूर्तरूप पाउने भएको छ । जानकारीमा आएअनुसार रमेश उपे्रतीको निर्माणमा बन्ने चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर निर्देशकको रूपमा देखापर्ने भएकी छिन् । अर्थात् रमेशले बनाउने चलचित्रमा करिश्माले निर्देशकको विधा सम्हाल्नेछिन् भने यो काम अब चाँडै सुरु हुने भएको छ । थुपै्र चलचित्रमा एकसाथ काम गरेको र विदेशमा पनि बारम्बार भेट भइरहने करिश्मा र रमेशको यो सहकार्य अन्ततः नेपाली चलचित्र निर्माणका लागि फलदायी नै हुने देखिन्छ । जय होस् दुवैको ।