सेयर बजार पुनः ओरालो, कसले कति गुमाए ?

सेयर बजार पुनः ओरालो, कसले कति गुमाए ?


बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेपछि आइतबार उच्च बिन्दुले बढेको सेयर बजार आज भने ६ दशमलव ४५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १ सय ९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कुल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु. ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबार भएका कुल ११ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ ।

वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शून्य चार र जीवन बिमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटेल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बिमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।