बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।
बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधनसम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो ।
उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९ः३० बजे भएको थियो । घटनास्थलमा झन्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो । आगो नियन्त्रण गर्न झन्डै एक घन्टा लागेको थियो । स्थानीय अधिकारीले उक्त घटनाको अनुसन्धान थालेका छन् ।
प्रतिक्रिया