साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)

साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)


पुस १५ गते आइतबार तमु ल्होसार । मंगलबार सफला एकादशी ब्रत र अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९। विहीबार प्रदोष ब्रत रहनेछ । शनिबार दर्शश्राद्ध (निशीरहलो बार्ने), पौषी/गया/विष्णुपादुका/बेत्रावती/बराहक्षेत्रे/गोकर्णादितीर्थे स्नान एवं श्राद्धादि, गुरू गोविन्दसिंह जयन्ती ।

यस साताको राशिफल :

मेष राशि – साताका अघिल्ला तीन दिन शुभ र सफलतादायक रहला । आरोग्यता बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुखशान्ति वृद्धि हुनेछ । विजयश्री प्राप्त होला । साझेदारीको काम मिल्नेछ । ख्याति फैलिनेछ । चौथो र पाँचौँ दिन मध्यम फलदायक रहनेछन् । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस रहनेछ । दूर्घटना आदिदेखि सचेत रहनु पर्ला । छैठौँ र सातौँ दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धनमान वृद्धि हुनेछ ।

वृष राशि – साताका प्रारम्भिक पाँच दिन उन्नति र पदोन्नतिदायक रहनेछन् । सुख–समृद्धि वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विजयश्री प्राप्ति होला । मिठो भोजन मिल्ला । हासविलासमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिन कष्टकारक रहला । नियमकानूनलाई उपेक्षा नगर्दा बेस रहनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु नै उचित होला ।

मिथुन राशि – आइतबार जोखिममा नपर्नु बेस रहनेछ । अरुको भरमा बस्नु र लापर्वाही गर्नु उचित नहोला । सोमबार र मंगलबारतिर प्रेमिल पात्रसित भेटघाट हुनेछ । सुख–आनन्द बढ्ला । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । बाँकी चार दिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछ । धन यश सुख सम्पत्ति वृद्धि हुनेछ ।

कर्कट राशि – आइतबार आरोग्यतादायक रहनेछ । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । सोम र मंगलबारतिर अरुको भर पर्नु, अरुमाथि विश्वास गर्नु तथा विवाद आदिमा लाग्नु उचित नहोला । बाँकी चारदिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछ । धन सम्पत्ति मान महत्व सुख आनन्द पनि वृद्धि हुनेछ ।

सिंह राशि – साताका प्रारम्भिक तीन दिन धन मान आरोग्यताप्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखापरेको समस्या समाधान हुनेछ ।

कन्या राशि – साता सफलतादायक र सुखवर्द्धक रहनेछ । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ अवसर पनि प्राप्त होला । अन्तिम दुई दिनमा विवादमा पर्नु र अरुमाथि भर पर्नु उचित हुने छैन ।

तुला राशि – आइतबार खर्चालु रहनेछ । लापर्वाही नगर्नु नै उचित हुनेछ । बाँकी दिन उन्नति र सफलताप्रदायक रहलान् । आर्थिक क्षमता वृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुन्छ ।

वृश्चिक राशि – आइतबार लाभदायी रहला । रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । सोमबार र मंगलबारतिर लगानी बढ्नुको साथै खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बाँकी चार दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्व वृद्धि होला ।

धनु राशि – शुरुका तीन दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि वृद्धि होला ।

मकर राशि – साता शुभ र उन्नतीकारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला । कारोबारको क्षेत्रमा सफलतासँगै सुख आनन्द पनि वृद्धि हुनेछ ।

कुम्भ राशि – आइतबारको दिन जोखिममा नपरी नियमकानुन आदिलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । सोम र मंगलबारतिर कार्यमा सफलता मिल्नुको साथै सुख समृद्धि बढ्नेछ । यात्रा होला । बुधबार र विहीबारको मनोकुलको काममा सफलता मिल्नेछ । शुक्रबार र शनिबारतिर अन्नधन बढ्नेछ । आय स्रोत वृद्धि हुनेछ ।

मीन राशि – आइतबार सुख आनन्दप्रदायक रहनेछ । सोमबार र मंगलबारको जोखिममा नपर्नु राम्रो रहनेछ । बुधबार र विहीबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । शुक्रबार र शनिबारतिर नयाँ काम बन्नुको साथै नयाँ दायित्वको पनि प्राप्त हुनेछ । मान–मनितो पनि बढ्ला ।