परियोजना बैंकबारे छलफल

परियोजना बैंकबारे छलफल


प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट योजना ल्याउने अवस्थाको अन्त्य हुने बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज परियोजना बैंक स्थापना र सञ्चालनका विषयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा नपरेका योजनालाई बजेट नछुट्याइने बताए । विशेषता र सम्भावनाको खोजी गरेर मात्र अब योजना सञ्चालन हुने उनले बताए ।

परियोजना बैंक बनेपछि वास्तविक र समुदायको मागअनुसार योजना छनोट हुने मुख्यमन्त्री पौडेलको भनाइ थियो । परियोजना बैंकको निर्माणपछि प्राथमिकताका आधारमा योजना कार्यान्वयनका चरणमा लैजान सजिलो हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिए ।