चितवनमा आयोजित रास्वपाको अधिवेशनमा काङ्ग्रेस सभापतिको उपस्थितिलाई जानकारहरूले आश्चर्यजनक मानेका छन् । सभापति गगन थापा उक्त अधिवेशनमा उपस्थित नहुने र पार्टीका तर्फबाट नेतृ पुष्पा भुसाललाई प्रतिनिधित्व गराउने निधो भएको थियो । अघिल्लो दिन पनि सभापति गगन थापाले आफ्ना निकटतम ब्यक्तिहरूलाई रास्वपाको अधिवेशनमा उपस्थित भएर शुभकामना दिन कुनै हालतमा चितवन नजाने बताउनुभएको थियो । तर उहाँ चितवन नजाने भएपछि कुनै शक्तिले रातारात दबाब दिएको र दबाब थेग्न नसकेपछि गगन आफ्नै इच्छाविपरित चितवन पुग्नुभएको हो ।
तर, गगन जस्ता शक्तिशाली नेतालाई पनि दबाब दिएर काठमाडौंबाट चितवन पुर्याउन सक्ने त्यो कुन शक्ति हो – सो भने यकिन हुन सकेको छैन । स्वयं गगन थापाले नै नखोलेसम्म यसको रहस्य खुल्ने सम्भावना देखिएको छैन । यदि यसैगरी गगनले दबाब थेग्न नसकेर आफ्नै इच्छाविपरित निर्णय लिँदै जाने हो भने भविष्यमा काङ्ग्रेस पार्टी र गगन स्वयमको भविष्य कुन बिन्दुमा पुग्ने हो भन्ने आशङ्का बढेको छ ।
गगनको सहभागिता रास्वपा महाधिवेशनमा नरहने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि भएको बताइन्छ । काङ्ग्रेसको सभापति नजाने भएपछि एमालेले प्रदिप ज्ञवालीलाई र माओवादीले वर्षमान पुनलाई रस्वपा अधिवेशनमा शुभकामना मन्तब्यका निम्ति खटाएको थियो । पहुनाका रूपमा पुग्नुभएका उहाँहरूलाई रास्वपाका प्रधानमन्त्रीले अपमानजनक शब्द/व्यबहार गरेको टिप्पणी सामाजिक सन्जालमा भइरहेको छ ।
प्रतिक्रिया