निःशुल्क प्राप्त २२ रोपनी जग्गामा सुविधासम्पन्न अस्पताल बन्ने

निःशुल्क प्राप्त २२ रोपनी जग्गामा सुविधासम्पन्न अस्पताल बन्ने


सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लीमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोसी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

‘स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ,’ अध्यक्ष राईले भने, ‘हामी उक्त जग्गामा सुविधासम्पन्न ५० शय्याको अस्पताल निर्माणको अभियानमा छाँै ।’

सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महँगो रकम खर्चेर हेलिकोप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । अध्यक्ष राईले भने, ‘सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्न भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछाँै ।’ महायज्ञबाट रु. २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।